काठमाडौं । जेन-जी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।
आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन-जी टु नामक समूहका प्रतिनिधिहरूले जेन-जी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो ।
त्यस्तै भाद्र २४ गते जने-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
जेन-जी २.० समूहका प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीको छलफलका क्रममा जेन-जी आन्दोलनमा भएका घटनाको दोषीलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरूले बताएको उनले बताइ ।
लिम्बुले आफूहरूको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेन-जी टुले आगामी मंसिर १२ गते माइतीघरमा शहीदहरूको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगायत अन्य मन्त्रीहरूलाई माइतीघरमा नै जेन-जीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल