काठमाडौं । जेन-जी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।
आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन-जी टु नामक समूहका प्रतिनिधिहरूले जेन-जी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो ।
त्यस्तै भाद्र २४ गते जने-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
जेन-जी २.० समूहका प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीको छलफलका क्रममा जेन-जी आन्दोलनमा भएका घटनाको दोषीलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरूले बताएको उनले बताइ ।
लिम्बुले आफूहरूको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेन-जी टुले आगामी मंसिर १२ गते माइतीघरमा शहीदहरूको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगायत अन्य मन्त्रीहरूलाई माइतीघरमा नै जेन-जीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ
मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल
‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौँ’: गृहमन्त्री
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता