काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे ।लुम्बिनीका लागि जेजे स्मिथले १३ बलमा २३ रन बनाए । त्यस्तै रुवेन ट्रम्पलमेनले २९ रनको योगदान गरे ।
कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए । त्यस्तै विपिन शर्मा, मार्क वाट, युवराज खत्री, गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।
कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा छ । पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो । यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त