काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।
मङ्गलबार पहिलो क्वालिफायरमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।
मङ्गलबारको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी भिड्दैछन् ।
क्वालिफायर खेलमा दुवै टोलीका प्रमुख खेलाडीहरूको व्यक्तिगत प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण बन्ने देखिएको छ । लिग चरणभर उत्कृष्ट लय देखाएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सका स्टार खेलाडीहरूले क्वालिफायर जस्तो दबाबयुक्त खेलमा टोलीलाई जिततर्फ डोर्याउने मुख्य जिम्मेवारी बोकेका छन् ।
ब्याट र बल दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरूको फर्मले नै खेलको नतिजा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै