काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ ।
लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।
विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।
पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।
आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा प्रवेश
सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर
एनपीएलमा आज दुई खेल : पहिलो खेल सुदूरपश्चिम- विराटनगर र दोश्रोमा पोखरा र चितवन भिड्दै