काठमाडौं । नेकपा एमालेले ‘जनता’ को सुरक्षा गर्ने भन्दै शुक्रबार भोलेन्टियर्स फोर्स घोषाणा गरेको छ । विगतमा झण्डै आधा दर्जन आपराधिक घटनाका आरोपी सिन्धुलीका पुष्पराज श्रेष्ठलाई कमाण्डर घोषणा गदै एमालेले त्यस्तो फोर्स घोषणा गरेको हो ।
फोर्स घोषणाको पूर्वसंन्ध्यामै यो फोर्सको नाममा एमालेका राष्ट्रिय सभा सदस्य र प्रदेश सभाका सदस्यहरुसँग मासिक एक महिनाको तलव दिनुपर्ने उर्दी समेत जारी भएको छ । प्रत्येक सांसदलाई जनही लेवी नै तोकेर चन्दा माग भएको छ । यधपी यसरी माग गरिएको चन्दाको सस्थागत निर्णय भने एमालेले गरेको छैन ।
राष्ट्रिय सभा र प्रदेश सभाका संसदहरुबाट झण्डै १ करोड रुपैयाँ उठाउने योजनाका साथ चन्दा माग गरिएको एमालेको प्रदेश सभाका एक संसदले जानकारी दिए ।
सांसदहरुसँग जनही ५० हजारका दरले भोलेन्टियर्स फोर्सलाई चन्दा दिन उर्दी जारी भएको छ । त्यसका लागि प्रदेश सभामा रहेको दलका नेतामार्फत त्यस्तो उर्दी जारी गर्न लगाईएको छ । यो फोर्स गठन गर्दा एमाले अध्यक्ष ओलीले नै अब जनताको सुरक्षा एमालेले गर्ने र त्यसका निम्ति स्वयं सेवक दस्ता बनाइएको बताउने गरेका थिए ।
तर यो फोर्स बनाउने कुरामा एमालेका पदाधिकारीका बीचमै मतऐक्यता छैन । बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल सचिवद्दय योगेश भटटराई, गोकर्ण विष्ट लगायत पदाधिकारीको असहमतिका बीच ओलीले महेश बस्नेतको उक्सावटमा यस्तो फोर्स गठनको निर्णय लिएका थिए ।
त्यही आधारमा शुक्रबार काठमाडौंको एक ब्याकेटमा फोर्स घोषणा समेत गरिसकिएको छ ।
फोर्स निर्माणको घोषणा भने गत कात्तिक १६ गते गुन्डुबाटै गरिएको थियो । ओली अहिले जेन जी आन्दोलनपछि नेता महेश बस्नेतको संरक्षणमा भक्तपुरको गुन्डुमा बस्दै आएका छन् । ओलीकै उपस्थितिमा महेश बस्नेतले संयोजन गर्नेगरी त्यसदिन कार्यदल बनेको थियो ।
त्यही दिन देखि प्रदेश सांसद, राष्ट्रिय सभा सदस्य र पार्टीवाट राज्यका महत्वपूर्ण जिम्मेवारीमा नियुक्ती पाएकाहरुसँग रेट नै तोकेर चन्दा माग गरिएको छ । एमाले स्रोतका अनुसार, ओलीको सुरक्षामा खटिएका स्वयम् सेवकहरुका निम्ति भनेर चन्दाको उर्दी गरिएको छ । ‘पार्टीका तर्फबाट आर्थिक लाभका पदमा नियुक्त भएकाहरू र पार्टी निकट व्यावसायीलाई आर्थिक संकलनको उर्दी भएको छ,’ स्रोतले भन्यो ।
प्रदेश सांसद देखि राजनीतिक नियुक्ति लिएका सबैसँग एक महिनाको तलव सहयोग गर्न उर्दी जारी गरिएको छ । ओली बसेको घरभाडा नै मासिक चार लाख माथि रहेको, नयाँ घर बनाउने तयारी भइरहेको र सुरक्षामा खटिएकाहरुका निम्ति समेत खर्च चाहिने भएकाले उक्त रकम बुझाउन निर्देशन गरिएको छ । यसको संयोजन महेश बस्नेत आफैले गरेको स्रोत बताउँछ ।
कुन प्रदेशमा कति चन्दा माग ?
एमालेले सात ओटै प्रदेशका पार्टी सांसदलाई जनही चन्दा रकम नै तोकेर उर्दी जारी गरेको छ । कोशी प्रदेशमा एमालेको प्रत्यक्ष तर्फ २५ र समानुपातिक तर्फ १५ गरी ४० सांसद छन् । उनीहरुसँग मासिक ५० हजारका दरले माग गरिएको छ । त्यहाँका सांसदले सरदर ६० हजार मासिकको दरले रकम बुझने गरेका छन् । उनीहरुसँग मासिक ५० हजारका दरले माग गरिएको छ । मन्त्री बनेकाहरुलाई भने थप रकम माग गरिएको छ । त्यहाँ हिक्मत कार्की मुख्यमन्त्री छन् । उनी एमाले नेता हुन् । त्यसरी हेर्दा कोशी प्रदेशबाट मात्रै एमालेको यो दस्ताले २० लाख उठाउने योजना बनाएको छ ।
त्यस्तै, मधेस प्रदेशमा २३ सांसदबाट कुल १२ लाख ६५ हजार, बागमती प्रदेशबाट २७ जना सांसदबाट १३ लाख ५० हजार उठाउने गरी उर्दी जारी गरिएको छ ।
गण्डकीका २२ जनासँग ११ लाख, लुम्बिनीका २९ जनासँग १४ लाख ५० हजार उठाउन उर्दी छ । कर्णालीमा १० जनासँग ५ लाख, सुदूरपश्चिमका १० जनासँग ५ लाख माग गरिएको छ । त्यस्तै, राष्ट्रिय सभाका मनोनित १ सहित ११ जनासँग ५ लाख ५० हजार माग गरिएको छ । त्यसमध्येका ८ जना सांसदको भने फागुन २० बाट पदावधी सकिदैछ । उनीहरुको स्थानमा माघ २० मा चुनाव हुँदैछ । तर पदावधी सकिन लागेका ८ सांसदसँग पनि जनही ५० हजारका दरले चन्दा माग गरिएको स्रोतको भनाई छ ।
अपराधिक पृष्ठभूमिका र प्रहरीको रेकर्डमा ७ ओटा अभियोग लागेका ब्यक्ति पुष्पराज श्रेष्ठलाई फोर्सको कमाण्डर बनाएपछि उनले चन्दा असुलीमा थप दवाव दिनसक्ने भय अहिले एमालेको पार्टीभित्रै र बाहिर पनि पर्न थालेको छ । पार्टी निकटका उधोगी ब्यवसायीहरुको संगठन उधोग ब्यापार संगठनका नेताहरुसँग पनि जनही ४ लाखका दरले चन्दा माग गरिएको स्रोतले बताएको छ ।
एमाले निकट उद्योग तथा व्यवसायी महासंघमा आवद्ध एक नेताका अनुसार गुन्डुमा भइरहेको खर्चकै निम्ति भनेर व्यापारीहरुसँग चन्दा मागिएको छ । ‘व्यावसायीहरुलाई साढे चार लाखसम्म बुझाउन भनिएको छ,’ स्रोतले भन्यो ।
प्रदेश सांसद र राष्टिय सभाका सांसदबाटै करिब एक करोड र थप रकम उधोगी ब्यवसायीबाट उठाउने लक्ष्यसहित गरिएको यो आर्थिक संकलनलाई एमालेभित्रकै कतिपय नेताले ‘अनुचित दवाव’ र ‘असंवैधानिक संरचना चलाउन खोजेको संकेत’ भन्दै तीव्र असहमति जनाएका छन्।
फोर्सको कमाण्डर बनेका ब्यक्तिको पृष्ठभूमिका कारण पनि कमाण्डर बनाइएका पुष्पराज श्रेष्ठ ‘चन्दा उठाउने काममा अझै कठोर हुने’ आशंका र त्रासमा एमालेका कतिपय प्रदेश सांसद देखिएका छन् ।
अझ फोर्स देशब्यापी बनाउने र पार्टीको नेता तथा संगठनको सुरक्षाका लागि पनि यसले काम गर्ने भन्दै पार्टी कमिटिलाई पनि निश्चत कोटा तोकेरै पैसा उठाउने योजना फोर्सले बनाएको छ । त्यसो हुँदा कुन पार्टी कमिटिले कतिसम्म रकम फोर्सलाई बुझाउने भन्ने उर्दी पनि जारी गर्ने तयारी रहेको फोर्सस्रोतले बताएको छ ।
संस्थागत निर्णयविना चन्दा उर्दी ?
चन्दा उर्दी सम्बन्धी कुनै पनि प्रस्ताव एमालेले सस्थागत रुपमा निर्णय गरेको छैन । पार्टी समितिबाट पारित नभएको र तर सांसदहरुलाई जनही तोकेरै चन्दा उठाउन खोजिएको विषयमा एमालेका धेरै पदाधिकारी जानकार भने छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले
एमालेको कार्यक्रम रोक्न धर्नामा बसे जेनजी आन्दोलनका घाइते
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
पार्टीभित्र विवादबीच एमालेले आज नेसनल भोलन्टियर्स फोर्स घोषणा गदैं
नेकपा एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने
महाधिवेशनका लागि एमालेद्वारा ११ उपसमिति गठन (सूचीसहित)