काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् । उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।
काँग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।
महामन्त्री थापाले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुंगिने निश्चित नभए पनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।
‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको काँग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,’ उनले भनेका छन्, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा