काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् । उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।
काँग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।
महामन्त्री थापाले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुंगिने निश्चित नभए पनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।
‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको काँग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,’ उनले भनेका छन्, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
टिकट वितरणमा हात बाँधिएको छ, असन्तुष्टि बिर्सेर रुख चिह्न लिएर आउनेलाई जिताउनुस् : गगन थापा
टिकट बाँड्न गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो