एनपीएल सिजन-२

रविको उत्कृष्ट ब्याटिङमा चितवनले कर्णालीलाई हरायो

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, १५ : ५७
रविको उत्कृष्ट ब्याटिङमा चितवनले कर्णालीलाई हरायो

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा रवि बोपराले अर्धशतक प्रहार गरे। रविले ३५ बलमा ५२ रन बनाउदै चितवनलाई जितको बाटो दोहोर्‍याए । दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए । बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस