एनपीएल सिजन-२ : चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, १२ : २०
एनपीएल सिजन-२ : चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

चितवन राइनोजको ‘प्लेइङ–११’ मा कप्तान मल्लसहित रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, विपिन आचार्य, कमलसिंह ऐरी, डेविड मलान, रबी बोपारा, सइफ जइब र सोहेल तन्विर रहेका छन् ।

त्यसैगरी कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । कर्णालीका अन्य खेलाडीमा पवन सर्राफ, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, मार्क वाट, म्याक्स ओडाउड, अर्जुन घर्ती, गुल्सनकुमार झा, नजिबुल्लाह जद्रान र प्रियाङ्क पाञ्चल छन् ।

सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस