‘आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ’ : राष्ट्रपति म्याक्रोन

रासस

शुक्रबार, २८ कार्तिक २०८२, १० : ५४
‘आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ’ : राष्ट्रपति म्याक्रोन

पेरिस । रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् । 

उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ,” म्याक्रोनले फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर रहेको टुलुसमा भने । 

म्याक्रोनले भने, “अन्तरिक्ष अब अभयारण्य होइन, यो युद्धको मैदान बनेको छ ।”

उनले भने, “रुसले २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको छ।

“रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेका थिए, त्यहाँ जीपीएस सिग्नलहरू सामूहिक जाम भएका थिए र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको थियो,” उनले भने।

प्रतिक्रिया दिनुहोस