काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण,दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक