गगनलाई जीतजंगको प्रश्न- विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ?

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०८२, १५ : ५१
गगनलाई जीतजंगको प्रश्न- विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् ।

बुधबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, महामन्त्रीले पनि यो जिम्मेवारी लिनुपर्छ,’ केन्द्रीय सदस्य बस्नेतले प्रश्न गरे, ‘सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’

प्रतिक्रिया दिनुहोस