चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप गएराति दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् ।
घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते