काठमाडौ । लागु औषध खैरो हेरोइन र नगदसहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लागुऔषध खैरो हेरोइन ६.७३ ग्राम र नगद रू ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शङ्कर राजवंशीलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको जानकारी दिए। राजवंशीबाट प्रहरीले तीन थान मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ