काठमाडौ । लागु औषध खैरो हेरोइन र नगदसहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लागुऔषध खैरो हेरोइन ६.७३ ग्राम र नगद रू ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शङ्कर राजवंशीलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको जानकारी दिए। राजवंशीबाट प्रहरीले तीन थान मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ