काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि गरिएको मनोनयन सिफारिस संविधान अनुकूल नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि अदालतले आगामी चैत २५ गते पेसी तोकेको छ।
अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले बिहीबार मनोनयन प्रक्रिया र त्यससँग सम्बन्धित निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्। निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, गृह मन्त्रालय तथा गृहमन्त्री अर्याललाई विपक्षी बनाइएको छ।
निवेदक पक्षले नेपालको संविधानको धारा ८७ (१) (ङ) लाई आधार मानी कुनै पनि लाभको पदमा कार्यरत व्यक्ति संघीय संसद्को सदस्य बन्न योग्य नहुने तर्क प्रस्तुत गरेका छन्। हाल मन्त्रीको रूपमा सरकारी सुविधा र पारिश्रमिक लिइरहेका अवस्थामा मनोनयन गरिएको भन्दै कानुनी प्रश्न उठाइएको हो।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०५ चैत्र २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल