काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष ५ नेताको वरियता टुंग्गो लागेको छ । त्यसपछिका अन्य नेताहरुका सवालमा भने अहिले वरियता नतोकी वर्णानुक्रमका आधारमा नाम समावेश गर्ने छलफल चलेको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी) लगायतका साना ठूला गरी १० समुहका बीचमा कात्तिक १९ मा एकता भएको थियो । त्यसपछि पार्टी नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह्र तारा राख्ने सहमति बनेको थियो ।
उक्त पार्टीको क्एतापछि पहिलो बैठक पार्टी कार्यालय पेरिसडाडामा बसेको छ । बैठकले ५ शीर्ष नेताहरुको वरियताका विषयमा टुग्गो लगाएको बताइएको छ।
प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक पछि तेस्रो वरियतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, चौथो वरियतामा वामदेव गौतम र पाचौं वरियतामा नारायणकाजी श्रेष्ठ रहने गरी टुंग्गो लागेको छ।
बैठकले प्रदेश स्तरमा पार्टी एकताको सन्देश लैजान प्रदेशस्तरका कार्यक्रम गर्ने, जनवर्गीय संगठन, मोर्चा लाई सम्वन्धित पार्टी निकायसँगको समन्वयमा जनपरिचालनका कार्यक्रम गर्न निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, १० : ३१
लेखकबाट थप