काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई नेपालको विज्ञान तथा प्रविधि विकासमा सहभागी हुन आह्वान गरेका छन्
फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा उनले विदेशमा रहेर ज्ञान, सीप र अनुभव आर्जन गरेका नेपालीहरूको योगदान राष्ट्रका लागि अत्यन्त मूल्यवान् भएको उल्लेख गरेका छन्। तर राज्यले अहिलेसम्म उनीहरूको प्रतिभा र अनुभवलाई पर्याप्त रूपमा आकर्षित गर्न वा उपयोग गर्न नसकेकोमा उनले खेद व्यक्त गरेका छन्।
मन्त्री पुनले लेखेका छन्, “मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान प्रविधिको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा सुझाव लिन खोजिरहेको छु। अहिले ठोस काम गर्न नसके पनि, तपाईँहरूले नेपालको हितका लागि गर्न चाहनु भएका अनुसन्धान र नवप्रवर्तनका अल्पकालीन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यका योजनाहरू इमेलमार्फत पठाउन अनुरोध गर्दछु।”
उनले इच्छुक वैज्ञानिक तथा प्राविधिकहरूलाई आफ्नो विचार वा प्रस्ताव [email protected] मा पठाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन
पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन
महावीर पुनसँग रोलेक्स घडी !
महावीर पुनको आक्रोश: तथ्य नबुझीकन धेरै हावा कुरा नगर
जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्'