काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई नेपालको विज्ञान तथा प्रविधि विकासमा सहभागी हुन आह्वान गरेका छन्
फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा उनले विदेशमा रहेर ज्ञान, सीप र अनुभव आर्जन गरेका नेपालीहरूको योगदान राष्ट्रका लागि अत्यन्त मूल्यवान् भएको उल्लेख गरेका छन्। तर राज्यले अहिलेसम्म उनीहरूको प्रतिभा र अनुभवलाई पर्याप्त रूपमा आकर्षित गर्न वा उपयोग गर्न नसकेकोमा उनले खेद व्यक्त गरेका छन्।
मन्त्री पुनले लेखेका छन्, “मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान प्रविधिको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा सुझाव लिन खोजिरहेको छु। अहिले ठोस काम गर्न नसके पनि, तपाईँहरूले नेपालको हितका लागि गर्न चाहनु भएका अनुसन्धान र नवप्रवर्तनका अल्पकालीन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यका योजनाहरू इमेलमार्फत पठाउन अनुरोध गर्दछु।”
उनले इच्छुक वैज्ञानिक तथा प्राविधिकहरूलाई आफ्नो विचार वा प्रस्ताव [email protected] मा पठाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित