काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् । यसो हुन सके जेनजी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको भनाइ छ ।
भिडियो सन्देशमार्फत् थापाले भनेका छन्, ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको के कुरामा प्रष्टता देखिन्छ भने कांग्रेस अडियो, कांग्रेस घोरियो, कांग्रेसले स्वीकार गर्यो, हामीले त्यो गल्ती गरेका थियौं, हामीले नागरिकका कुरा सुन्यौं, हामीले सुधारको संकल्प गर्यौं, हामी नयाँ भएर आएका छौं । हामीले नयाँ सुरुवात गर्ने एउटा बाचा गरेर आएका छौं, संकल्प गरेर आएका छौं ।’
‘त्यसपछि बल्ल नागरिकसँग सम्वादको नयाँ ढोका खुल्छ । त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकहरुले फेरि एकपटक तिमीलाई मौका दिन्छौं भनेर हामीसँग आउने अवस्था आउँछ । त्यसकारणले अधिवेशन चाहिएको हो,’ थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा