नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १५ : ३६
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो ।

बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस