काठमाडौँ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।
नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची