काठमाडौँ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।
नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै
एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
थप कागजात लिएर नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पुगे निर्वाचन आयोग
नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक