काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरवार ल्याइएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरवारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।
जेन जेड आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदी बन्दीसँगै बाहिर निस्किएका थिए ।
रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै