काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरवार ल्याइएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरवारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।
जेन जेड आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदी बन्दीसँगै बाहिर निस्किएका थिए ।
रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले