विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

सफल खबर संवाददाता

मंगलबार, २२ बैशाख २०८३, १० : १४
विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ । यूएईमाथि दुई जित निकालेको नेपाल यसअघि ओमानसँग पहिलो खेलमा पराजित भएको हो ।

पहिलो खेलमा यूएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो । तेस्रो खेलमा भने नेपालले यूएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

घरेलु मैदानमा सिरिजको महत्त्वपूर्ण खेलमा आज ओमानमाथि जित निकाल्दै पर्ने दबाब नेपालमाथि छ । ओमान भने त्रिवि मैदानमा नेपालसँग अहिलेसम्म अपराजित छ ।

प्रतिक्रिया दिनुहोस