काठमाडौँ । भैरहवाको होटेल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा गोली चलेको छ। गोली लागेर होटेलका सुरक्षा गार्ड सामान्य घाइते भएका छन् ।
होटेलको गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि एउटा समूह होटेलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षा गार्डमाथि सोमबार मध्यरातमा गोली प्रहार गरेको हो ।
गोली प्रहार गर्दा होटलमा सुरक्षा गार्डको रूपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा गोली लागेर घाइते भएको रुपन्देहीका प्रहरीले जनाएको छ ।
घाइते परियारको भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ । अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १३ : २२
लेखकबाट थप