खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट पायो आधिकारिकता

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०८२, ०८ : ०७
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले निर्वाचन आयोगबाट पायो आधिकारिकता

काठमाडौ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ।

आयोगका अनुसार १८ कात्तिकमा सुनारको नेतृत्वमा दर्ता निवेदन परेको यस दललाई आयोगले आइतबार मान्यता प्रदान गरेको हो।

दर्ता नम्बर २१६ पाएको यस दलको चुनाव चिह्न गोलो घेरा भित्र रहेको ‘लाइक’ संकेत तोकिएको छ।

निर्वाचन आयोगका अनुसार योसँगै हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ।