सुर्खेत । कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट हन्ट आयोजना गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णालीले स्थानीय प्रतिभावान खेलाडीको खोजी गरेको हो ।
वीरेन्द्रनगरस्थित इन्डोर हलमा आजित ट्यालेन्ट हन्टमा दुई सयभन्दा बढी युवाले सहभागीताका लागि निवेदन दिएको कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी दिए ।
ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न सहर र धार्मिक स्थलहरूमा ट्रफी यात्रा गर्ने जनाएको छ ।
गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् ।
दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्ने