मनास्लु पदमार्ग आजदेखि खुला

रासस

आइतबार, १६ कार्तिक २०८२, १५ : २७
मनास्लु पदमार्ग आजदेखि खुला

गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।

अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, उनले भने, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।”

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस