बाजेको सेकुवाको स्वाद अब अमेरिकामा पनि पाइने

शुक्रबार, २१ पुस २०७४, १४ : ०५
बाजेको सेकुवाको स्वाद अब अमेरिकामा पनि  पाइने

चितवन । नेपालको लोकप्रिय एफ.एण्ड.बि.ब्राण्ड बाजेको सेकुवा अब चाँडै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ ।  न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै न्युयोर्कमा बाजेको सेकुवा न्युर्योकमा खुल्ने भएको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले बताए ।

यस व्यवसायिक समुहमा दीपक भण्डारी,पदम गुरुङ्ग,सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, मेहेशबहादुर भट्टराई र गणेश लम्साल लगायत आबद्ध छन् । हाल नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो शाखा हुनेछ ।

आउँदो ६ वर्षभित्र अमेरिकामा थप ७ वटा शाखाहरु खोल्ने प्रक्षेपण गरिएको छ । बाजेको सेकुवाले अमेरिकाबाहेक कतार,बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखाहरु विस्तार गर्ने उद्धेश्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस