सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन्। उनले धारिलो हतियार फरुवा (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन्।
भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए।
उनका अनुसार कविरामले घरमा सुतिरहेकी आमालाई फरुवाले टाउकोमा प्रहार गरेका थिए। त्यसबाट गम्भीर घाइते भएकी धनीकलालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ ल्याइएको थियो। अस्पतालले शुक्रबार बिहान सवा आठ बजे मृत घोषणा गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या