सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन्। उनले धारिलो हतियार फरुवा (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन्।
भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए।
उनका अनुसार कविरामले घरमा सुतिरहेकी आमालाई फरुवाले टाउकोमा प्रहार गरेका थिए। त्यसबाट गम्भीर घाइते भएकी धनीकलालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ ल्याइएको थियो। अस्पतालले शुक्रबार बिहान सवा आठ बजे मृत घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या