कथाकार होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

रासस

शुक्रबार, १४ कार्तिक २०८२, ११ : ४१
कथाकार होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौँ । कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गरेका हुन्। सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताए ।

समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयवस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेका बताए ।

समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस