मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन : भुपेन्द्रजंग शाही

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १३ : ०१
मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन : भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले १५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको बताएका छन् ।

१३ दिन स्थगित भएर बिहीबारदेखि फेरि बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकको सुरुवातअघि उनले फेसबुकमार्फत मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको स्मरण गराएका हुन् ।

‘नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन हो । अरू अन्यथा कुरा गरेर अलमलमा पारेर नियमित महाधिवेशनलाई ओझेलमा पार्ने गरी विषायन्तर नगरौँ,’ शाहीले भनेका छन्, ‘१५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई छैन । पानीमाथि बसेर कोही ओभानो हुँदैन ।’

प्रतिक्रिया दिनुहोस