काठमाडौ । बालुवाटारमा बुधबार बसेको त्रिपक्षीय संवादका क्रममा प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेता महेश बर्तौलाबीच भनाभन भएको पाइएको छ । संसद् विघटन र त्यसको संवैधानिक वैधताबारे उठेको विषयमा दुवैबीच तर्क–वितर्क चलेको हो।
एमाले नेता बर्तौलाले संवादको क्रममा अहिलेको सरकारलाई असंवैधानिक जिकिर गर्दै भने, 'यो सरकारको जग नै असंवैधानिक छ। असंवैधानिक ढंगबाट गठन भएको सरकारले अराजनीतिक र गलत तरिकाले संसद् भंग गर्यो। निःसर्त संसद् पुनर्स्थापना हुनुपर्छ। यो एमालेको बटमलाइन हो।'
बर्तौलाको भनाइ सुनेपछि प्रधानमन्त्री कार्कीले तत्काल प्रतिवादमा उत्रिएकी थिइन्। उनले भनिन्, 'यस्तो नचाहिंदो कुरा नगर्नुस् तपाईं। मैले संसद् विघटनको मुद्दा हेरेको छैन। नभएको कुरामा भ्रम सिर्जना नगर्नुस्।'
तर बर्तौला नरोकिएको बैठकमा सहभागी एक नेताले भने । उनले जवाफ फर्काउँदै भने, 'मुद्दा नहेरे पनि संसद् पुनर्स्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभएको त छ नि?'
त्यसपछि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्, 'मैले त्यसरी बोलेको छैन। दुई चार जना फतुरे पत्रकारले के–के लेखे मलाई थाहा छैन।'
प्रधानमन्त्री र एमाले नेताबीचको सो भनाभनपछि बैठक केहीबेर वातावरण तातिएको भए पनि संवाद फेरि सामान्य ढंगले अघि ती नेताको भनाइ छ। त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच समसामयिक राजनीतिक अवस्था, निर्वाचन र भ्रष्टाचारविरुद्धका विषयमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
आलोचनाको मूल्य जेल : 'लोकतन्त्रको ऐनामा सरकारको अनुहार'
प्रधानमन्त्रीले निजी क्षेत्रलाई के भने ?
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री