काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेनुमा बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठक भोलिसम्म जारी रहने पार्टी उपाध्यक्षसमेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्व, जेनजी आन्दोलन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ।
बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि गरेको छलफल र प्रगति रिपोर्ट पनि प्रस्तुत गर्ने गर्ने बताइएको छ।
एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका बामपन्थी दलहरुसँग एकताको लागि पहल अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय