काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक संवाद गर्ने भएको छ । मंगलबार बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो संवाद आयोजना गर्ने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चात् परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरुबीच बृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरु गर्दै आएको थियो ।
‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबिच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल गर्न लागिएको हो’, महामन्त्री बुर्लाकोटीले भने, ‘बृहत् राजनीतिक संवाद यही कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरिएको छ ।’
रास्वपाले बृहत् राजनीतिक संवाद् कार्यक्रमको संयोजन पार्टी उपसभापति एवं उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि रवि–बालेनबीच भेट भएन, फोनमै संवाद
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार