काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर पुगेका छन् ।
देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतिर लागेका थिए ।
उनीहरूलाई सिंगापुरको चाङ्गी विमानस्थलबाट ह्वील चियरमा राखेर अस्पतालतर्फ लगिएको छ । उनीहरू काठमाडौंको विमानस्थलबाट भने हिँड्दै बिदा भएका थिए ।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट मरणासन्न हुने गरी आक्रमणमा परेका थिए ।
सभापति देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाइएको जानकारी कांग्रेसले दिएको थियो । स्वास्थ्य लाभ गरिरहेका देउवा थप उपचारका लागि सिंगापुर गएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !