धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार राति करिब ११ बजेतिर विवाद हुँदा सुनिताले श्रीमानमाथि हथौडाले प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानबाट हथौडा प्रहारबाटै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हथौडा प्रहरीले बरामद गरेको छ ।
सुनितालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै