काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मनित्रपरिषद् विस्तारको तयारी गरेकी छिन् । दशै, तिहार मनाएर उनले आज चार मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई मन्त्री बनाउने गरी कार्कीले नाम अगाडी बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।
उनीहरुको नाम प्रधानमन्त्री कार्कीले राष्टपति कार्यालय समेत पठाईसकेकी छिन् । राष्टपति कार्यालयले उनीहरुलाई आजै सपथ गराउने गरी तयारी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै