काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् ।
बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
जेनजी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुन न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उनको भनाइ ।
‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनकाबाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट