भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।
आज लक्ष्मी पूजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्य विनायक नगरपालिका–७ गुण्डुमा किसानले एक साता अगाडि रु. ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु. ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु. एक हजारसम्ममा बिक्री गरेका छन् ।
एक किलो सयपत्री फूलको माला बजारमा रु. एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले आज एउटा सयपत्रीको माला रु. एक हजार ५०० का दरले खरिद गरेको जानकारी दिए ।
राधे राधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमीला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूल खेतीको फूल एक साता अगाडि किलोको रु. ३०० मा बिक्री गरेकोमा आइतबार रु. ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ कार्तिक २०८२, १३ : ११
लेखकबाट थप