काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु