काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । आज बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानका।री दिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव पौडेलले बताए ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए ।
यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?