काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताएका छन् ।
विश्व हात धुने दिवस, २०२५ को शुभकामना व्यक्त गर्दै उनले यो दिवसले सबैलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्ने र यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विश्व हात धुने दिवस (अक्टोबर १५) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि उनले शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले नियमित हात धुँदा विभिन्न रोगको जोखिम कम हुनुका साथै यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताए ।
“विश्व हात धुने दिवसको सार्थकता तब मात्र पुष्टि हुन्छ । जब सबैले हात धुनुलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउँछन्, त्यसैले सबैले स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने अभ्यास गरौँ र स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गरौँ”, उनले भने ।
हात धुनु हैजा, झाडापखाला, रुघाखोकी, निमोनियालगायत सङ्क्रमणजन्य रोगबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हुन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ । यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई रोगमुक्त बनाउने दिशामा योगदान पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव
‘संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक’ : उपराष्ट्रपति यादव
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव
नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव
युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता