कैलाली । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे।
जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु प्रहरीले जनाएको हो। सोमबार राति डेढ बजेको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार उक्त जिपमा चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेका छन्। प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरी निरीक्षक रावल बताए।
दुर्घटनापछि जिप चालक घोडाघोडी नगरपालिका–८, मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु