काठमाडौ । धनकुटामा भएको ट्रक दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् ।
धनकुटा नगरपालिका -९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनी ट्रक गएराति अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने वर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने वर्ष २० को दिनेश कार्की गम्भीर घाइते भएका हुन् ।
राति करिब २:०० भएको दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट र प्रहरी चौकी मुलघाटबाटले उद्धार गरी उपचारको बिहान ४:३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाइएको सशस्त्र प्रहरीले सोमबार बिहान जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु