ट्रक दुर्घटनामा २ घाइते

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, ०८ : ०४
ट्रक दुर्घटनामा २ घाइते

काठमाडौ । धनकुटामा भएको ट्रक दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् । 

धनकुटा नगरपालिका -९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको  मिनी ट्रक गएराति अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको हो । 

दुर्घटनामा ट्रकका चालक  उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने वर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने वर्ष २० को  दिनेश कार्की  गम्भीर घाइते भएका हुन् ।

राति करिब २:०० भएको दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट र प्रहरी चौकी  मुलघाटबाटले उद्धार गरी उपचारको  बिहान ४:३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाइएको सशस्त्र प्रहरीले सोमबार बिहान जनाएको छ ।