सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।
आज बिहान साढे सात बजेतिर दुधौली नगरपालिका-२ रतनपुरस्थित मदन भण्डारी राजमार्गमा भिमानबाट डकाहातर्फ आउँदै गरेको बा.४५ प ३८०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरी चौकी हत्पतेले जनाएको छ।
मोटरसाइकलले पैदल यात्री सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर घर भई हाल माइती घर दुधौली-२ रतनपुर बस्दै आएकी ५० की खप्टर्नी अधिकारीलाई ठक्कर दिएको हो।
दुर्घटनामा अधिकारीसहित मोटरसाइकल चालक महोतरी बिर्दिबास नगरपालिका-३ गौरीडाँडा घर भएका २५ वर्षीय निर्जल पौडेल पनि गम्भीर घाइते भएका छन्।
उनीहरु दुबै बोल्न नसक्ने अवस्थामा रहेका र उपचारको लागि बर्दिबासतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु