धनगढी । डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
प्रहरीका अनुसार, गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु