काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक तेस्रो साता कतार भ्रमणमा जाने भएका छन् । कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा उनी कतार भ्रमणमा जान लागेका हुन् ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) को आयोजनामा हुन लागेको दोस्रो सामाजिक विकास सम्मेलन हुन लागेको छ । उक्त सम्मेलन १८–२० कार्तिकमा कतारमा आयोजना हुन लागेको हो ।
गत भदौं २३ र २४ को जेन जी आन्दोलन र त्यसबाट तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली सत्ताच्यूत नभएको भए उक्त सम्मेलनमा ओली आफैं जाने गरी तयारीमा थिए । तर २४ भदौंमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राजीनामा दिएर आफैं असुरक्षित भई हेलिकप्टर चढेर भागेका ओलीको सरकार ढलेपछि राष्ट्रपति पौडेललाई यो अवसर मिल्न लागेको हो ।
यधपी पौडेलको यो भ्रमणको बारेमा मन्त्रीपरिषद् बैठकले औपचारिक निर्णय भने लिईसकेको छैन । तर शुसिला कार्की नेतृत्वको सरकार चुनावी तयारीमा लाग्नुपर्ने र अन्य ब्यस्तताका कारण उक्त सम्मेलनमा राष्ट्रपतिनै जाने गरी तयारी भईरहेको परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
पौडेलको यो भ्रमण ‘जेन–जी’ विद्रोहले ल्याएको राजनीतिक परिवर्तनपछि नेपालको तर्फबाट पहिलो उच्चस्तरीय विदेश भ्रमण हुनेछ । पौडेललाई २०८१ बैशाख ११र १२ गते नेपाल भ्रमणमा आएका कतारका अमिर अल थानीले राष्ट्रपति पौडेललाई कतार भ्रमणको निम्तो दिएका थिए ।
तर उनलाई कतार भ्रमणको मेसो मिलेको थिएन । यसपटक भने नयाँ सरकार गठन पछि नेपालको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा निस्कने अवसर पाउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति