काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक तेस्रो साता कतार भ्रमणमा जाने भएका छन् । कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा उनी कतार भ्रमणमा जान लागेका हुन् ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) को आयोजनामा हुन लागेको दोस्रो सामाजिक विकास सम्मेलन हुन लागेको छ । उक्त सम्मेलन १८–२० कार्तिकमा कतारमा आयोजना हुन लागेको हो ।
गत भदौं २३ र २४ को जेन जी आन्दोलन र त्यसबाट तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली सत्ताच्यूत नभएको भए उक्त सम्मेलनमा ओली आफैं जाने गरी तयारीमा थिए । तर २४ भदौंमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राजीनामा दिएर आफैं असुरक्षित भई हेलिकप्टर चढेर भागेका ओलीको सरकार ढलेपछि राष्ट्रपति पौडेललाई यो अवसर मिल्न लागेको हो ।
यधपी पौडेलको यो भ्रमणको बारेमा मन्त्रीपरिषद् बैठकले औपचारिक निर्णय भने लिईसकेको छैन । तर शुसिला कार्की नेतृत्वको सरकार चुनावी तयारीमा लाग्नुपर्ने र अन्य ब्यस्तताका कारण उक्त सम्मेलनमा राष्ट्रपतिनै जाने गरी तयारी भईरहेको परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
पौडेलको यो भ्रमण ‘जेन–जी’ विद्रोहले ल्याएको राजनीतिक परिवर्तनपछि नेपालको तर्फबाट पहिलो उच्चस्तरीय विदेश भ्रमण हुनेछ । पौडेललाई २०८१ बैशाख ११र १२ गते नेपाल भ्रमणमा आएका कतारका अमिर अल थानीले राष्ट्रपति पौडेललाई कतार भ्रमणको निम्तो दिएका थिए ।
तर उनलाई कतार भ्रमणको मेसो मिलेको थिएन । यसपटक भने नयाँ सरकार गठन पछि नेपालको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा निस्कने अवसर पाउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस