‘हुलाकको सार्थकता घटेको छैन’ : सञ्चारमन्त्री खरेल

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १५ : ५६
‘हुलाकको सार्थकता घटेको छैन’ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन्। 

१५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।

“हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भने, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्छ ।” सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस