काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बुधबार बसेको बैठक र दिएको निर्देशन भन्दै तीन बुँदा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्– 'नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटीका छन्। भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ।'
दोस्रो निर्देशनमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग सम्बन्धित छ । शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने निर्देशन दिएको पुनको भनाइ छ ।
साथै पाठ्यक्रम विकास केन्द्रसँग पनि बुधबार नै छलफल भएको र सामुदायिक तथा संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको पुनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक