काठमाडौ । असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
आफूले बाढीले क्षति पु-याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन