झुम्का कारागारबाट भागेका ७ सय कैदी अझै फरार

रासस

बुधबार, २२ असोज २०८२, १३ : २५
झुम्का कारागारबाट भागेका ७ सय कैदी अझै फरार

काठमाडौँ । सुनसरीको झुम्का कारागारबाट भागेका १ हजार ५७५ जना कैदी बन्दीमध्ये ७ सय कैदी अझै फरार रहेका छन् । जेन‍ जेड आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।

कारागार प्रशासनका अनुसार उक्त दिन सुरुमा राति साढे १० बजे ब्लक ‘बी’ बाट करिब ४५० जना कैदी भागेका थिए । प्रहरी प्रशासन विस्थापित भइसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले पछि १ हजार ५७५ जना भाग्न सफल भएका थिए ।
त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

अहिले कारागारमा १ हजार १ सय १८ जना मात्र कैदी बन्दी रहेका छन् । काठमाडौँ र वीरगन्ज कारागारपछि देशकै तेस्रो ठूलो कारागार मानिएको झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक छन् । १ हजार ६ सय क्षमताको कारागारका दुवै ब्लकमा १ हजार ७९९ जना कैदी रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस