काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर